क्यामरुनमा अफ्रिका कप अफ नेशन्सको खेल समर्थकबीच झडप, ६ जनाको मृत्यु

समाचार

काठमाडौं । क्यामरुनमा अफ्रिका कप अफ नेशन्सको खेल भइरहेको रंगशाला बाहिर फुटबल समर्थकहरूबीच झडप हुँदा ६ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । क्यामरुन र कोमोरोस बीचको क्वाटरफाइनल खेल पोल बिया रंगशालामा प्रवेश गरेर हेर्न समर्थकहरू ठेलमठेल गरिरहेका थिए ।

खेल पदाधिकारीहरूका अनुसार रंगशालाभित्र ५० हजार जति समर्थक प्रवेश गर्ने कोसिस गरिरहेका थिए । त्यही बेला मुख्य गेट नजिक भएको दुर्घटनामा आधा दर्जनको मृत्यु भएको र दर्जनौं घाइते भएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । उक्त रंगशालामा ६० हजार दर्शक अट्ने क्षमता छ । तर कोभिड प्रोटोकल पालना गर्नुपर्दा ८० प्रतिशतभन्दा बढी दर्शक राख्न पाइँदैन्थ्यो ।

समाचार एजेन्सी एपीसँग कुरा गर्दै क्यामरुनको मध्य क्षेत्रका गभर्नरले हताहतीको संख्या बढ्न सक्ने बताएका छन् । मिडिया रिपोर्टका अनुसार सो घटनामा केही बालबालिका बेहोस् भएका छन् । अफ्रिकी फुटबल कन्फेडेरेसनले विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । खेलमा आयोजक २-१ ले विजयी भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0