फ्रान्क लाम्पार्ड एभर्टनको प्रशिक्षक नियुक्त

फुटबल

काठमाडौं । फ्रान्क लाम्पार्ड प्रिमियर लिग क्लब एभर्टनको प्रशिक्षक नियुक्त भएका छन् । एभर्टनले लाम्पार्डलाई साढे २ बर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।

एभर्टनले यस सिजनमा खराब प्रदर्शन गरेपछि राफाल बेनिटेजलाई बर्खास्त गरेपछि उनको ठाउमा लाम्पार्डलाई नियुक्त गरेको छ । लाम्पार्डले आगामी शनिबार हुने एफए कप अन्तर्गतको ब्रेन्टफोर्डविरुद्धको खेलबाट एभर्टनमा आफ्नो प्रशिक्षकको जिम्मेवारी शुरु गर्ने भएका छन् ।

गत जनवरीमा चेल्सीले बर्खास्त गरेपछि लाम्पार्डले कुनै प्रोजेक्टमा काम गरेका छैनन् । इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडीले डर्बीको सफल अभियान पछि चेल्सीको प्रशिक्षक बनेका थिए ।

लाम्पार्डको चेल्सीमा सोचे जस्तो प्रशिक्षकको कार्यकाल नभएपनि युवा खेलाडीलाई अवसर दिएको श्रेय जाने गर्दछ । एभर्टन यस सिजनमा प्रिमियर लिगमा २० खेलमा केवल ५ खेलमा जित, ४ बराबरी र ११ खेलमा हार बेहोरेर १९ अंकसहित लिगमा १६औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0