मरिससविरुद्धको दोस्रो खेल अगाडि नेपाललाई झड्का, दुई महत्वपुर्ण खेलाडी चोटको कारण बाहिरिए

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार मरिसविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । त्यसका लागि यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीले भने खेल गुमाउने भएका छन् । यी दुईको स्थानमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दर्शन गुरुङ र मनिष डाँगीलाई टिममा समावेश गरेका छन् । मनिषले शनिवार भएको पहिलो खेल खेलेका थिए ।

अलमुताइरीले मरिससविरुद्धको दोस्रो खेलका लागि २३ सदस्यीय टोलीमा दुई परिवर्तन गरेका हुन् । यसअघि पहिलो खेलका लागि उनले फरक टिम घोषणा गरेका थिए । जसमा दर्शन गुरुङको सट्टा प्रशान्त अवस्थीलाई टिममा समावेश गरिएको थियो ।

प्रशान्त यसअघि घोषित टोलीमा भने दोस्रो खेलका लागि मात्र टिममा थिए । यस्तै अनन्त पनि दोस्रो खेलका लागि मात्र टिममा थिए । तर दुवै खेलाडीले अब दोस्रो खेल गुमाउने भएका छन् । पहिलो खेलमा विमल घर्ती मगर, जगजित श्रेष्ठ र देवेन्द्र तामाङले राष्ट्रिय टिममा पुनरागमन गर्दा सुदिप गुरुङ र आकाश बुढा मगरले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

विमल र देवेन्द्र दोस्रो खेलका लागि पनि टिममा छन् भने जगजित, सुदिप र आकाश दोस्रो खेलका लागि टिममा छैनन् । दवस्रो खेलका लागि घोषित टिममा गोलकिपर शत्रुघन चौधरी, डिफेण्डर नविन गुरुङ, मिडफिल्डर आशिष राई र फरवार्ड सुशिल राई पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका छन् ।

पहिलो खेलमा टिममा नभएका पुजन उपकरोटी, सुभाष गुरुङ, विशाल श्रेष्ठ, एरिक विष्ट र सन्तोष तामाङ दोस्रो खेलका लागि टिममा छन् । नेपालले शनिवार भएको पहिलो खेलमा मरिससलाई पराजित गर्दा २ खेलाडीले डेब्यु गर्ने अवसर पाएका थिए । अब दोस्रो अलमुताइरीले कति जनालाई डेब्यु गराउँछन् हेर्न बाँकी छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0