आईपीएल लिलामीको अन्तिम सूचीमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ६० लाख

क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्शनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्शनका लागि नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका हुन् ।

अक्शनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात् ६५ लाख नेपाली रुपैयाँ रहेको छ । उनी एसोसिएट खेलाडीको श्रेणीमा अटाएका छन् । गएको वर्ष अक्शनमा सन्दीपले ४० लाख भारु नै राखे पनि कुनै क्बलले उनलाई लिएका थिएनन् । यसअघि सन् २०१८ मा सन्दीपलाई तत्कालीन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

मेगा अक्शनका लागि नेपालबाट सन्दीपसहित आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण, केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
1
Tagged