मौरिससबिरुद्धको तनावपूर्ण खेल पछि प्रशिक्षक अल्मुताइरी भन्छन् : ‘रेफ्रीको निर्णयको सम्मान गर्छु’

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मौरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् । खेल सकिएपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमबिरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

खेल तनावग्रस्त हुन राम्रो नभएको बताउँदै उनले १ गोलको अग्रता पछि धैर्य भएर खेल्नुपर्ने बताए । खेलमा भएको तनावका लागि दुवै पक्षका खेलाडी ५०/५० प्रतिशत जिम्मेवार भएको उनको भनाइ थियो । ‘गेम सकियो अब सबैले कुरा बिर्सनुपर्छ’ अल्मुताइरीले भने, ‘म रेफ्रीको डिसिजन सम्मान गर्छु ।’

खेलमा हार जित हुने भन्दै उनले आफूहरू जितका लागि योग्य भएको बताए । उनले खेलाडीहरू आज नडराइ खेलेको बताए । तनावपूर्ण खेलमा नेपालले मौरिससविरुद्ध १-० को जित हात पारेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
1
+1
0
+1
0
+1
0