कोपा डेल रे : रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

फुटबल

काठमाडौँ । रियल म्याड्रिड कोपा डेल रे बाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा एथलेटिक क्लबसँग बर्जित हुदै रियल म्याड्रिड बाहिरिएको हो । एथलेटिक क्लबले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

एथलेटिक क्लबको जितमा खेलको ८९औँ मिनेटमा अलेजान्द्रो बेरेनगुएर रेमिरोले गरेको गोल नै निर्णायक गोल बनेको थियो । एथलेटिक क्लबले राउण्ड १६ को खेलमा बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने क्वाटरफाइनलमा रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

त्यस्तै अर्को क्वाटरफाइनल खेलमा रियल बेटिसले रियल सोसियडाडलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । योसँगै यस सिजनको स्पेनिस कोपा डेल रे को सेमिफाइनलको समीकरण पुरा भएको छ । कोपा डेलको सेमिफाइनलमा एथलेटिक क्लब, रायो भालेकानो. रियल बेटिस र भलेन्सिया पुगेका छन् । सेमिफाइनलको ड्र आजै हुने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0