हिमालयन शेर्पा र एनआरटीले खेले गोलरहित बराबरी

फुटबल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

दशरथ रंशगालामा भएको खेलमा दुवै टिमले बराबरी खेलेसँगै अंक तालिकामा पनि कुनै परिवर्तन आएन। शेर्पा १० खेलबाट १२ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा छ। उसले ३ जित र ३ बराबरी खेल्दा ४ खेलमा हार बेहोरेको छ।

एनआरटी १४ अंकसहित सातौं स्थानमा छ। एनआरटीले ३ जित निकाल्दा ५ बराबरी खेलेको छ। २ खेलमा भने एनआरटी पराजित भएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1