नेपाल सुपर लिगमा टोलीको संख्या १० पुग्यो, इलाम डे मेची र वीरगन्ज युनाइटेड एफसी क्लब थपिए

नेपाल सुपर लिग फुटबल

काठमाडौं, फागुन १ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् । योसँगै अब एनएसएलमा सहभागी टोलीको संख्या १० पुगेको छ । यसै वर्षको बैशाख–जेठमा भएको पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको थियो ।

आयोजक एनएसइएमले आइतबार पत्रकार सम्मेलनमार्फत थपिएका नयाँ तीन टोलीको घोषणा गरेको हो । जसमा झापा ११ एफसी, स्पोर्टिङ इलाम दि मेची र वीरगन्ज युनाइटेड एफसी रहेका छन् । चैत २६ देखि २०७९ जेठ ७ गतेसम्म एनएसएलको दोस्रो संस्करणको पहिलो चरण पोखरा र दोस्रो चरण काठमाडौंमा हुने आयोजकले यसअघि नै जानकारी गराइसकेको छ ।

पहिलो संस्करण कोभिड-१९ को प्रतिकुल अवस्थाका बाबजुद बिना दर्शक दशरथ रंगशालामा भएको थियो । २०७८ वैशाख–जेठमा भएको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए । काठमाडौं रेजर्सले फाइनलमा धनगढी एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0