स्विकृति विना अन्य क्लबसँग करार नगर्न आठ क्लबको अनुरोध

फुटबल

काठमाडौं । आठवटा ‘ए’ डिभिजनका क्लबहरुले संयुक्त विज्ञप्ती जारी गर्दै क्लबको स्विकृति विना अन्य प्रतियोगिता वा क्लबसँग करार नगर्न अनुरोध गरेका छन् । ती क्लबहरुले मोफसलको फुटबलको विकासलाई ध्यानमा राखेर यस्तो अनुरोध गरेका हुन् ।

उनीहरुले मोफसलमा हुने प्रतिष्ठित प्रतियोगिताहरुमा सहभागिता गर्ने तयारी गरिरहेकाले क्लबहरुमा रहेका खेलाडीहरुलाई अन्य क्लबमा आवद्ध नहुन र क्लबहरुलाई पनि नगर्न अनुरोध गरेका हुन् ।

यी आठ क्लबबिच भने तत्काल एकअर्काको क्लबका खेलाडी नलिइने भद्र सहमति समेत भएको छ । ए डिभिजन क्लबमा दर्ता रहेका खेलाडीहरुलाई क्लबको स्विकृति विना अन्य क्लबका कुनै नयाँ कराार नगर्ने भनिएको हो ।

‘लामो सयमदेखि देशको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका मोफसलका प्रतिष्ठित प्रतियोगिताहरु सफलतापूर्वक सम्पन्न गर्न ए डिभिजन क्लबहरुको सहभागिता सुनिश्चित गर्न आवश्यक देखिएको हुदा सरोकारवाला सबैको ध्यानाकर्षण गराउन प्रेस विज्ञप्ती जारी गरिएको हो,’ विज्ञप्तीमा उललेख छ । विज्ञप्तीमा मच्छिन्द, न्यूरोड, सातोदबाटो युथ क्लब,मनाङ मस्याङ्दी, थ्रिस्टार, संकटा, जावलोखल र फ्रेन्ड्स क्बलले हस्ताक्षर गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0