श्रीलंका नेभी स्पाेर्ट्सबिरुद्धकाे पहिलाे अभ्यास खेलमा नेपाल विजयी

क्रिकेट

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टाेलीले पहिलो एकदिवसीय अभ्यास खेलमा श्रीलंका नेभी स्पाेर्ट्स क्लबलाई १११ रनले पराजित गरेको छ । २१५ रनको लक्ष्य पछ्याएकाे श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुँदै १०३ रनमा सीमित भयो । श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, ज्ञानेन्द्र मल्ल र विक्रम सोबले २-२ तथा सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले १/१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालले ३७. १ ओभरमा अलआउट हुँदै २ सय १४ रन जोडेकाे थियाे । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान दिए ।

आशिफ शेखले ३६ र विनोद भण्डारीले २२ जाेड्दा विक्रम साेब ११ रनमा अविजित रहे । श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ४ तथा ए अवादतले ३ विकेट हात पारे । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत हुने सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्नेछ ।

नेपालले दोस्रो अभ्यास खेलपनि श्रीलंका नाभीविरुद्ध नै मंगलबार खेल्नेछ । नेपालले तेस्रो खेल बिहीबार श्रीलंका पुलिस र चौथों खेल शुक्रबार फस्ट क्लास खेलाडी सम्मिलित टोलीसँग खेल्नेछ। नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्नेछ । सिरिजमा नेपालसहित आयोजक युएई र पपुवा न्युगिनी (पिएनजी) पनि सहभागी
छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0