करण केसीको चम्किएपछि श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

क्रिकेट

काठमाडौं : तीव्र गतिका बलर करण केसीको अलराउन्डर प्रदर्शनमा नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४५ रनको फराकिलो जित निकालेको छ। नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६‍.५ ओभरमा अलआउट हुँदै १८७ रनमै समेटियो।

नेपालका तीव्र गतिका बलर करण केसीले ३ विकेट लिएका छ। यता, सागर ढकाल, कमलसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले २/२ विकेट। त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको छ।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ७२ रन बनाए। ओपनर कुशल भुर्तेल ५७ र आसिफ शेख ५२ रन बनाउँदै आउट भए। करण केसी ५३ र कमलसिंह ऐरी ४५ रनमा अविजित रहे। आरिफ शेख २६ रन जोड्दै आउट भए।

विकेटकिपर विनोद भण्डारी ३, भीम सार्की २ र पवन सराफ ३ रनमा आउट भए। यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा ८२ रनले पराजित गरेको थियो। नेपालले अन्तिम खेल शुक्रबार श्रीलंका संयुक्त ११ सँग खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0