विश्वकप छनोटमा भेनेजुएलामाथि अर्जेन्टिनाको सहज जित

फुटबल

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ।

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन ३५औं मिनेटमा निकोलस गोन्जालेज, ७९औं मिनेटमा एन्जल डी मारिया र ८२औं मिनेटमा कप्तान लियोनल मेस्सीले एक-एक गोल गरेका हुन् ।

यो जितसँगै १६ खेलबाट ३८ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिना विश्वकपमा छनोट पनि भईसकेको छ। भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0