स्वीट्जरल्याण्डमाथि इंग्ल्याण्डको रोमाञ्चक पुनरागमन जित

फुटबल

काठमाडौं । मैत्रीपूर्ण खेलअन्तर्गत स्विट्जरल्याण्डमाथि इंग्ल्याण्डले रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदान वेम्बली स्टेडियममा भएको खेलमा १ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै उसले २–१ को रोमाञ्चक जित निकालेको हो ।

खेलको २२ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा लुक शले इंग्ल्याण्डलाई १–१ को बराबरीमा ल्याए ।

७८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए । अन्य मैत्रीपूर्ण खेलमा बेल्जियमले रिपब्लिकन अफ आयरल्याण्डसँग २–१ को बराबरी खेल्दा स्पेनले अल्वानियामाथि २–१ को जित हात पार्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0