यी हुन् एन्फाको साधारणसभाले गरेका निर्णयहरु

समाचार

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको साधारणसभाले निर्वाचन समिति गठन गरेको छ।  मंगलबार सानेपास्थित हेरिटेज गार्डेनमा बसेको एन्फाको साधारणसभाले आगामी जेठ १५ गते हुने निर्वाचनका लागि श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो।

निर्वाचन समितिमा अधिवक्ता रामचन्द्र गौतम सहसंयोजक, दामोदर भट्टराई सदस्य, अधिवक्ता सरस्वती श्रेष्ठ र प्रिती कार्की वैकल्पिक रहेका छन्।

यस्तै उम्मेदवारी शुल्क पनि साधारणसभाले तोकेको छ। एन्फाका अनुसार अध्यक्षका लागि १५ हजार, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका लागि १० हजार र सदस्यका लागि ५ हजार उम्मेदवारी शुल्क तोकिएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0