क्रिस्टियानो रोनाल्डोको पोर्चुगल विश्वकपमा छनोट

फुटबल

काठमाडौं : ब्रुनो फर्नान्डेसको दुई गोलको सहयोगमा पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो ।

घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ३२ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए ।

६५ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाउँदै विश्वकपमा पुर्‍याए । उनले डिओगो जोटाको पासमा गोल गरे । मंगलबार राति नै भएको प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा छनोट भयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0