पोर्चुगल विश्वकपमा छनौट भएपछि क्रिस्टियानो रोनाल्डोलेले भने : ‘हामी सहि ठाउमा पुग्यौं’

फुटबल

काठमाडौँ । पोर्चुगल विश्वकपमा छनौट भएपछि क्रिस्टियानो रोनाल्डोलेले आफुहरु सहि ठाउमा पुगेको बताएका छन् । गएराती सम्पन्न खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले पराजित गर्दै कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेपछि रोनाल्डोले विश्वकपमा पुगेको खुशी इन्स्टाग्राममा मनाएका छन् ।

पोर्चुगलका लागि ब्रुनो फेर्नानडेजले दुवै गोल गरेका थिए भने पहिलो गोल रोनाल्डो र दोस्रो गोल डिओगो जोटाले असिस्ट गरेका थिए । २००६ देखि लगातार विश्वकप खेलिरहेका रोनाल्डो अब यस अब्र्श्को विश्वकप पनि खेल्ने निश्चित भएको छ ।

रोनाल्डोले भनेका छन्- ‘लक्ष्य हासिल भयो, हामी कतार विश्वकपमा छौं । हामी हाम्रो सहि ठाउँमा छौं ! अथक सहयोगको लागि सबै पोर्चुगल जनतालाई धन्यवाद !’ रोनाल्डोले आफ्नो करियरमा विश्वकपमा कुल १७ खेल खेलेका छन्, विश्वको शीर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो देशका रोनाल्डोले ७ गोल गरेका छन् ।

रोनाल्डोले ७ मध्ये ४ गोल २०१८ को विश्वकपमा गरेका थिए । जसमा समूह चरणमा स्पेनविरुद्ध ह्याट्रिक समेत गरेका थिए । रोनाल्डो खेलेको विश्वकपका खेलमा पोर्चुगलले ६ जित, पाँच हार र छ बराबरी खेलेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged