नेपाली कोच अब्दुल्लाह अल्मुताइरी भन्छन् : ‘एसिएन कपका लागि नेपाल छनोट हुन सक्दैन’

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एएफसी एसियन कपका लागि छनोट हुन नसक्ने बताएका छन् । पहिलो दिनको प्रशिक्षणपछि पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले प्रतिष्ठित प्रतियोगिता खेल्न लागि टोलीमा धेरै सुधार र फुटबलको जग बलियो हुनुपर्ने औल्याउँदै ग्रासरुटदेखि उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि बढ्न नसक्ने बताएका हुन् ।

नेपाली फुटबल टोली आपूmले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले दुई महिनापछि कुवेतमा हुने एएफसी एसियन कप छनोटका लागि योग्य नभएको बताए । नेपाली टोलीसँग प्रतिस्पर्धा गर्न लागेको टोलीमा धेरै व्यावसायिक खेलाडी भएको र उनीहरू युरोपबाट खेल्ने गरेको भन्दै उनले नेपाली टोलीमा अनुभवी र व्यवसायिक खेलाडी नभएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताइरीले सपना ठूलो देखे पनि नेपाली फुटबलको स्तर धेरै तल रहेको बताए । यद्यपि प्रशिक्षक अल्मुताइरीले छनोटमा राम्रो गर्ने प्रयास गर्ने बताए । शुक्रबारबाट शुरु भएको पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडीमध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देबेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन् ।

नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो । छनोट प्रतिोगिताका लागि समूह ए मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेशिया र जोर्डन रहेका छन् ।

एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । जस अन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ । यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यस अघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ । यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0