यस्तो छ युरोपा लिगको सेमिफाइनलको समीकरण

फुटबल

काठमाडौँ । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । युरोपा लिगको सेमिफाइनलमा दुई जर्मनी क्लब पुगेका छन् भने एक प्रिमियर लिग क्लब र एक स्कटिस क्लब पुगेका छन् । युरोपा लिगको सेमिफाइनलमा आरबी लेइपजिंग, रेन्जर्स, वेस्टह्याम युनाइटेड र एनट्राचट फ्र्यांकफर्ट पुगेका छन् ।

क्वाटरफाइनलमा बार्सिलोनालाई पराजित गर्दै एनट्राचट फ्र्यांकफर्ट युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । फ्र्यांकफर्टले बार्सिलोनामाथि ३-२ गोल अन्तरको जित निकाल्दै समग्रमा ४-३ को अग्रतासहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यस अघि क्वाटरफाइनलको पहिलो लिग १-१ खेलको बराबरीमा सकिएको थियो ।

त्यस्तै वेस्टह्याम युनाइटेडले फ्रेन्च क्लब लियोनलाई दोस्रो लिगमा ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । यस अघि पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । अब सेमिफाइनलमा वेस्टह्याम र फ्र्यांकफर्टबीच प्रतिष्पर्धा हुने छ ।

त्यस्तै आरबी लेइपजिंगले इटालियन क्लब एटलान्टालाई क्वाटरफाइनलको दोस्रो लिगमा २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । यस अघि पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो ।

त्यस्तै रेन्जर्सले पोर्चुगीच क्लब ब्रागालाई क्वाटरफाइनलको दोस्रो लिगमा ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को नतिजासहित सेमिफाइनलमा पुगेको हो । यस अघि पहिलो लिग ब्रागाले १-० ले जितेको थियो ।

अब सेमिफाइनलमा आरबी लेइपजिंग र रेन्जर्सले प्रतिष्पर्धा गर्ने छन् । त्यस्तै सेमिफाइनलका दुवै खेलको पहिलो लिग अप्रिल २८ मा हुने छन् भने दोस्रो लिग मे ५ मा हुने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0