एसियन कप छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

समाचार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट अघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

दुबै खेल दोहामा हुनेछन् । नेपालले पहिलो मैत्रीपूर्ण खेल जेठ ११ खेल्नेछ भने दोस्रो मैत्रीपूर्ण खेल १५ गते खेल्नेछ । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0