ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको सहज जित, क्रिस्टियानो रोनाल्डोले पनि गरे गोल

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्ड पराजित गरेको छ । लिगको शिर्ष चारमा पर्न संघर्ष गरिरहेको युनाइटेडले सोमबार राति आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई ३–० ले पराजित गरेको हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफायल भारानेले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए । त्यसपछि ७२ औं मिनेटमा भारानेले गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए ।

जितसँगै ३६ खेलबाट ५८ अंक जोडेको युनाइटेड तालिकाको छैटौं स्थानमा रहेको छ । दुई खेल कम खेलेका आर्सनल र टोटनह्याम हट्सपर क्रमशः ६३ र ६१ अंकसहित चौथो तथा पाँचौ स्थानमा रहेका छन् । तेस्रो स्थानको चेल्सीको ६६ अंक छ । ८३ अंक जोडेको म्यानचेस्टर सिटी शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको लिभरपुलको ८२ अंक छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0