मेसिसँगै पिएसजीबाट खेल्ने रोनाल्डोको ईच्छा, तर पिएसजीले लिन मानेन

समाचार

काठमाडौं । क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले पेरिस सेन्ट जर्मेनलाई पोर्चुगिज खेलाडीलाई अनुबन्ध गर्न अफर गरेका छन् । तर, फ्रेन्च च्याम्पियनले सो अफर अस्वीकार गरेको ईएसपीएन जनाएको छ । च्याम्पियन्स लिग फुटबल खेल्न ३७ वर्षीय खेलाडी युनाइटेडसँग आबद्ध भएको एक वर्षमा नै क्लब छाडेर जान चाहन्छन् । उनको करार अझै एक वर्ष बाँकी रहेको छ ।

मेन्डेजले रोनाल्डो उपलब्ध रहेको कुरा पीएसजीका स्पोर्टिङ निर्देशक लुइस क्याम्पोस र अध्यक्ष नासेर अफ खेलाफीसँग राखेका थिए । तर उनीहरुले रोनाल्डो यतिबेला क्लबका लागि उपयुक्त अनुबन्ध नहुने र उनको तलबको माग पुरा गर्न क्लबसँग आवश्यक रकम नरहेको जवाफ दिएका थिए ।

नयाँ प्रशिक्षक क्रिस्टोफर गाल्टियरलाई नेयमार, लियोनेल मेस्सी र किलियन एम्बाप्पेलाईसँगै खेलाउन उपयुक्त फर्मेसन फेला पार्न सकस परिरहेका बेला रोनाल्डोलाई भित्र्याउनु क्लबका लागि बुद्धिमतापूर्ण नहुने उनीहरुको भनाइ रहेको थियो । यसअघि बायर्न म्युनिख र चेल्सीले पनि रियल म्याड्रिड र युभेन्टसका पूर्व स्टारलाई भित्र्याउन अस्वीकार गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0