साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ

समाचार

काठमाडौं : साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।

नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्ने छन् । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टोली-

गोलकिपर : क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी
डिफेन्डर : अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डर : प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा
फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0