भारतविरुद्ध दक्षिण अफ्रिकाको सान्त्वना जित

क्रिकेट

काठमाडौं । घरेलु टोली भारतसँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा दक्षिण अफ्रीका विजयी भएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४९ रनले हराएको हो । दक्षिण अफ्रीकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रन मात्रै बनायो ।

भारतका दिनेश कार्तिकले ४६ रन जोडे । दीपक चाहरले ३१ तथा ऋषव पन्थले २७ रन बनाए । दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ तथा वायन प्रनिल, लुंगी एनजिडी र केशव महाराजले २÷२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रीकाका रिली रस्सोले अविजित सय रनको शतकीय पारी खेले । क्विन्टन डी ककले ६८ रनको अर्धशतकीय पारी खेले ।

भारतका दीपक चाहर र उमेश यादवले १/१ विकेट लिए । भारतले ३ खेलको श्रृंखला २–१ ले जितेको छ । भारत पहिलो खेलमा ८ विकेटले र दोस्रो खेलमा १६ रनले विजयी भएको थियो । भारत र दक्षिण अफ्रीकाबीच अब तीन एकदिवसीय खेल हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0