म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्लेअफ खेल्नुपर्ने

फुटबल

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युरोपा लिग अन्तर्गतको खेलमा रियल सोसियडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको १७औं मिनेटमा एलेजान्द्रो गार्नाचोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । जितका बाबजुद समुह ई मा रहेको म्यानचेस्टर युनाइटेड उपविजेता हुदै नकआउट चरणमा पुगेको छ ।

युनाइटेडको ६ खेलमा १५ अंक रहेको छ । त्यस्तै यस समुहबाट रियल सोसियडाड ६ खेलमा १५ नै अंकसहित शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको शेरिफ युरोपा कन्फेरेन्स लिगमा ट्रान्सफर भएको छ भने चौथो स्थानमा रहेको ओमानिया पूर्ण रुपमा बाहिरएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
1
+1
2
+1
3
+1
2
+1
2
+1
3