कमजोर लाइपजिगसँग रियल मड्रिड पराजित

फुटबल

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति रियललाई जर्मन क्लब आरबी लाइपजिगले ३–२ ले हराएको हो । १३ औं मिनेटमा जोस्कोले गोल गरेपछि अग्रता लिएको लाइपजिगका लागि १८ औं मिनेटमा क्रिस्टोफर एनकुकूले गोल गर्दै अग्रता दोब्बर पारे ।

४४ औं मिनेटमा भिनिसियस जुनियरले रियलका लागि गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए । ८१ औं मिनेटमा टिमो वेर्नेरले गोल गर्दै लाइपजिगलाई ३-१ को अग्रता दिलाए ।त्यसपछि इन्जुरी समयमा रोड्रिगोले पेनाल्टीमा गोल गरेपनि रियल ३-२ ले पराजित भयो ।

जितसँगै लाइपजिगले ५ खेलमा ९ अंक जोडेको छ ।लाइपजिग समूह एफको दोस्रो स्थानमा छ ।रियल १० अंक जोडेर शीर्ष स्थानमा छ ।रियल नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0