नेपाल र इन्डोनेसिया बिच आज हुने खेल टिभीमा लाईभ हेर्न नपाईने

फुटबल

काठमाडौ । ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ​ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । यो खेलको नेपालमा कुनै पनि टेलिभिजनमा प्रतक्ष्य प्रसारण हुने छैन ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय खेलाडी भए पनि उनीहरुले बाँकी यु–२३ टोलीसँग अभ्यास गर्न पाएका थिएनन् ।

यी खेलाडी बिहान काठमाडौं अवतरण हुँदा भोलिपल्टै ताजकिस्तान उडे । यद्यपि, नेपाली टोलीले ताजकिस्तान पुगेर दुई दिन अभ्यास सत्र बढाइसकेको छ ।

नेपाली टोलीः

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
2
+1
1
+1
2
+1
1