नेइमारले अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट खेल गुमाउने

फुटबल

काठमाडौं । ब्राजिलका स्टार फवार्ड नेइमारले विश्वकप छनोटअन्तर्गतको अर्जेन्टनाविरुद्धको खेल गुमाउने भएका छन् । उनको तिघ्राको समस्याका कारण खेल गुमाउने ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले सोमबार घोषणा गरेको हो ।

‘आज बिहानको ट्रेनिङपछि नेइमारले तिघ्रा दुखेको गुनासो गरे’ सीबीएफले भन्यो, ‘थप परिक्षणहरू गर्न असमर्थ भएकाले सान जाउन यात्रा नगर्ने खेलाडीलाई स्टाफले आराम गराउने निर्णय गरेको हो ।’

विश्वकप छनोट अन्तर्गत नोभेम्बर १२ मा कोलम्बियासँगको खेलमा नेयरमारको तिघ्रमा समस्या देखिएको थियो । सो खेलमा लुकास पाक्युटाको निर्णायक गोलमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको थियो ।

यसअघि पेरिस सेन्ट जर्माइनबाट खेल्दा उनले पनि असहज महसुस गरेका थिए । तर, उनी पूर्ण ठिक भइसकेको अर्जेन्टिनी प्रशिक्षक लियो स्कालोनीले बताए । ‘मेस्सीले खेल्नेछन् । आशा गरौं, उनले राम्रो गर्नेछन्,’ स्कालोनीले भने ।

विश्वकपमा स्थान सुरक्षित गरिसकेको शीर्ष स्थानको ब्राजिलले १२ खेलमा ३४ अंक जोड्दा अर्जेन्टिना २८ अंकका साथ दोस्रो स्थानमा छ । यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर १५ मिनेट जाँदा हुनेछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0