नेपाल सुपर लिगमा अन्जन विष्ट झापा एफसीका मार्की खेलाडी

फुटबल

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिग (एनएसएल) मा झापा फुटबल क्लबको मार्की खेलाडीमा अनुबन्धन भएका छन्। आगामी चैत २६ गतेदेखि हुने एनएसएलको नयाँ टोली झापा फुटबल क्लबले आइतबार एक कार्यक्रममाझ अन्जनलाई क्लबमा भित्र्याएका हो। अञ्जनले गत सिजन ललितपुरबाट एनएसएल खेलेका थिए।

एनएसएलमा झापा फुटबल क्लब, स्पोर्टिङ इलाम र वीरगन्ज युनाईटेड फुटबल क्लब थपिएका छन्। एनएसएलमा यस सिजन थपिएको तीन टोलीमध्ये झापा मार्की खेलाडी सार्वजनिक गर्ने पहिलो क्लब हो। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्ट (एनएसइएम) का अनुसार एनएसएलको दोस्रो संस्करण चैत २६, देखि जेठ ७, २०७९ सम्म आयोजना हुनेछ।

आयोजकले पछिल्लो संस्करणको ७ टोलीबाट थप ३ टोलीका साथ कुल १० टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ। प्रतियोगिता पोखरा र काठमाडौंमा हुने आयोजकले जनाएको छ। पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए। पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
Tagged