समूह चरणमा लिभरपुलको शतप्रतिशत जित

फुटबल

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको समूह चरणमा इंग्लिस क्लब लिभरपुलले शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २-१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत जित निकालेको हो ।

गएराति भएको खेलमा लिभरपुललाई जित दिलाउनको लागि मोहम्मद सलाह र डिभोक ओरिगीले समन एक-एक गोल गरे । घरेलु टोली मिलानका फिकायो टोमोरीले एक गोल फर्काए ।

खेलको २८औं मिनेटमा टोमोरीले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा सलाहले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको ५५औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल लिभरपुलले जित्यो ।

यो जितसँगै लिभरपुले ६ खेलबाट १८ अंक जोडेर समूह ‘बी’को शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्यो । मिलान चार अंकसहित अंकतालिकाको पुच्छारमा रह्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0