मेसिको शर्मनाक रेकर्ड, बने च्याम्पियन्स लिगमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी

फुटबल

काठमाडौँ । लियोनेल मेसीले रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको खेलमा पेनाल्टी मिस गरेका छन् । खेलको ६२औं मिनेटमा पिएसजीले पाएको पेनाल्टीलाई मेसीले गोल गर्नबाट चुकेका थिए । मेसीले हानेको पेनाल्टी रियल म्याड्रिडका गोल किपर थिबाउट कोर्टोइसले रोकेका थिए ।

खेलपछि कोर्टोइसले बिटी स्पोर्ट्ससँग कुरा गर्दै गोलकिपरको रुपमा यस्तो धेरै कम अवसर पाइने बताएका छन् । उनले भने- ‘यस्ता प्रकारका खेलहरूमा तपाईलाई थाहा छ कि, एक गोलकिपरको रूपमा, तपाईले गर्नको लागि एकदमै थोरै हुनेछ । मैले मेसीको पेनाल्टीहरू धेरै अध्ययन गरेको थिए र लाइनमा हुँदा मैले उनीसँग खेल्ने प्रयास गरे । यस्तो अवसर धेरै काम पाइन्छ ।’

यो पेनाल्टी मिस गरेसँगै मेसीले च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने थियरी हेनरीको कीर्तिमानलाई बराबरी गरेका छन् । मेसीले च्याम्पियन्स लिगमा अहिलेसम्म हानेका २३ पेनाल्टी मध्ये पाँच पेनाल्टी मिस गरेका छन् ।

मेसी पिएसजीमा आएपछि आफ्नो डेब्यू सिजनमा गोल गर्न संघर्ष गरिरहेको आलोचना खेपिरहेको भएपनि आफ्नो पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका छन् । मेसीले पिएसजीमा अहिलेसम्म कुल २१ खेल खेल्दै गोल गरेका छन् । यस खेलमा मेसीले पेनाल्टी मिस गरेपनि खेलको इन्जुरी टाइममा किलियन एम्बाप्पेले गोल गर्दै १-० को जित दिलाएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
4
+1
0
+1
2
+1
1