काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेकबो छ। आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले हराएको हो।
बार्सिलोनाको जितमा पिएरे एमरिक अबमेयाङले ह्याट्रिक गरेका थिए। खेलको २३औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। उनको यो बार्सिलोनाका लागि पहिलो गोलसमेत हो।
खेलको ३२ औं मिनेटमा फ्रान्क डी योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए भने ३८औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए।
खेलको ५२ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई ३–१ को स्थितिमा ल्याए। खेलको ६३ औं मिनेटमा अबमेयाङले ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए।
यस जितसँगै २४ खेलमा ४२ अंक जोडेको बार्सिलोना चौथो स्थानमा रहेको छ। पराजित भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ।