काठमाडौं : पोल्याण्ड यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपेली छनोटअन्तर्गत गएरातिको प्लेअफ फाइनलमा स्वीडेनमाथि २–० को जित हात पार्दै पोल्याण्डले विश्वकपको टिकट काटेको हो ।
घरेलु मैदानमा पोल्याण्डलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र पिओट्र जेलिनिस्कीले एक/एक गोल गरे ।
खेलको ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा जेलिनिस्कीले गोल गर्दै पोल्याण्डलाई २–० को सहज जित दिलाए ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1