लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बन्यो बायर्न म्युनिख

फुटबल

काठमाडौं । बायर्न म्युनिखले लगातार दशौं पटक जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि जितेको हो । खेलमा बायर्नलाई विजयी गराउन सर्जी नाब्री, रोबर्ट लेवान्डोस्की र मुसियालाले एक एक गोल गरे । डर्टमण्डका एम्रे च्यानले पेनाल्टीमार्फत एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई दोब्बर अग्रता दिलाए । ५२ औं मिनेटमा च्यानले गोल गर्दै डर्टमण्डलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ८३ औं मिनेटमा मुसियालाले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए ।

जितसँगै बायर्न म्यनिखले लिग तालिकामा दोस्रो स्थानको डर्टमण्डसँग १२ अंकको अग्रता लिएको छ । जारी लिगमा अब तीन चरणका खेलहरु मात्रै बाँकी छन् । सन् २०१२ मा बोरुसिया डर्टमण्डले लिग जितेयता बायर्नले लगातार १० पटक उपाधि जितिसकेको छ । यो सिजन घरेलु लिगको उपाधि जितेपनि बायर्न म्युनिख च्याम्पियन्स लिगमा भने स्पेनको भियारियालसँग पराजित हुँदै बाहिरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0