आज दिउँसो एक बजे नेपाल र जिम्बावे ‘ए’ भिड्दै

क्रिकेट

काठमाडौं। टी–२० शृङ्खलाको पहिलो खेलमा आज नेपाल र पाहुना टोली जिम्बाब्वे ‘ए’ टोली खेल्दैछन्। खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे शुरु हुनेछ। आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’सँग अभ्यास खेल खेल्न लागेको हो।

नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग तीन खेलको टी–२० र ती एक दिवसीय खेल्नेछ। हिजो हुने भनिएको पहिलो एक दिवसीय वर्षाका कारण रोकिएपछि खेल तालिका परिवर्तन गरिएको हो। टी–२० शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल बुधवार हुनेछ। त्यसपछि नेपालले जिम्बाब्वे ‘ए’ सँग एक दिवसीय शृङ्खला खेल्नेछ।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनास बोहरा, सागर ढकाल, सहाब अलाम, किशोर महतो, विवेक यादव, बासिर अहमेद, लोकेश बम, भीम सार्की

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0