हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको कमब्याक जित

फुटबल

काठमाडौं : इर्लिङ हालाण्डले ह्याट्रिकको सहयोगमा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोल अन्तरले हराएको हो ।

साविक विजेता म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्ने क्रममा सिटीका लागि हालान्डले ह्याट्रिक पूरा गरे । त्यस्तै ब्रनान्डो शील्भाले एक गोल गरे । सिटीको घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसका लागि जोआचिम एण्डरसनले एक गोल गरे । सिटीका जोन स्टोन्सले एक आत्मघाती गोल गरे । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।

पहिलो हाफमा २–० गोलले पछि परेको सिटीले दोस्रो हाफमा गोल फर्काएको हो । जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ४ खेलमा १० अंक जोडेको छ । यता क्रिस्टल प्यालेस ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0