नेपाली फुटबलले गुमायो अहिलेसम्मकै उत्कृष्ट कोच

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन्। जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको उनले उल्लेख गरेका छन्। उनी गत कात्तिकमा नेपाल प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपको […]

Continue Reading

महिला साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं : नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । यसअघि नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको थियो । सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल […]

Continue Reading

सन्दीप लामिछानेलाई फँसाउन खोजेको भन्दै वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज : सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ। लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन्। यस क्रममा उनीहरू विभिन्न नाराहरू लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए । दोषी करार नहुँदै कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुँदैन, […]

Continue Reading

साफ यू-१७ च्याम्पियनसिप : आज नेपालले भारतको सामना गर्ने

काठमाडौं : श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ । समूह ‘बी’ […]

Continue Reading

जमैकाबाटै सन्दीपले भने : ‘म निर्दोष छु, बलत्कारी नभनिदिनुस्, १/२ दिनमा नेपाल आउँछु’

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफुमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताएका छन् । उनले आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय बताए । उनले ट्वीट गरेका छन्म,’ निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा […]

Continue Reading

नेपाली महिला फुटबल टोलीलाई भेटेर बालेन र सुनिताले दिए शुभकामना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर शुभकामना दिएका छन् । शुक्रबार बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि शुभकामना दिएका हुन् ।

Continue Reading

बत्कारको आरोप पछि सन्दीपाई नेपाली टिमबाट हटाईयो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कप्तान लामिछानेविरुद्ध जबर्जस्ती करणी कसुरको गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीमा उजुरी परेको जनाउँदै संघको कार्य सम्पादन समितिको निर्णय अनुसार राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको जनाएका छन्। […]

Continue Reading

बलत्कारको केशबारे पहिलो पटक बोले सन्दीप ! ‘म निर्दोष छु, कसैलाई छोएकोसम्म छैन’

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् । ‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर । सन्दीपले आफूलाई थाहा छ […]

Continue Reading

सन्दीप लामिछाने वेस्टइन्डिजबाट नेपाल नफर्किए के हुन्छ ?

काठमाडौं । बलात्कारको आरोप लागेपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर प्रहरीले अनुसन्धान अगाडि बढाउने तयारी थालेको छ । एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध मंगलबार महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएसँगै प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने बाटो खुलेको छ । सन्दीप भने अहिले क्यारेबियन क्षेत्रमा छन् । […]

Continue Reading

साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि सुरू हुँदै, उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्ने

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आज मंगलबारदेखि काठमाडौंमा हुँदैछ । प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे हुनेछ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री […]

Continue Reading