Video : भिल्लारियलबिरुद्ध रोनाल्डोको कीर्तिमानी गोल (भिडियो हेर्नुस्)

फुटबल

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल आफ्नो पक्षमा पारेको हो ।

खेलको ५३ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा एलेक्स टेलसले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलकाे इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित रहेको छ । समूह एफमा एट्लान्टाको ४ अंक रहँदा योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ । यस्तै १ अंक जोडेको भिल्लारियल समूहको पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0