क्रिस्टियानो रोनाल्डोको रेकर्ड नै रेकर्ड

फुटबल

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी खेलमा गरेको गोलमा युनाइटेडले भिल्लारियलाई २–१ गोलले पराजित गरेको छ । रोनाल्डोले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए। घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् ।

रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाउन सफल भएका हुन् । उनले च्याम्पियन्स लिग फुटबलमा १७८ खेल खेलेका छन् । उनीपछि इस्पेनिस लिजेन्ड इकर कासियासले १७७ च्याम्पियन्स लिग खेल खेलेका छन् । त्यस्तै रोनाल्डो च्याम्पियन्स लिग फुटबलका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले १३६ गोल गरेका छन् ।

खेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले सुरुवाती अग्रता लिएको थियो । एलेक्स टेलेसले ६० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए । खेलको इन्ज्यूरी समयमा रोनाल्डोले गोल गर्दा युनाइटेडले २–१ को जित निकाल्यो । उनलाई गोल गर्न लिंगार्डले पास उपलब्ध गराएका थिए।

च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो। समूह एफमा एट्लान्टाको ४ अंक छ भने योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ। १ अंकसहित भिल्लारियल समूहको पुछारमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
10
+1
1
+1
3
+1
1
+1
2
+1
3