इङलिश प्रिमियर लिगमा रोनाल्डोको २०० औँ खेल तर जित भने हात लागेन

फुटबल

काठमाडौं : इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र एभर्टनबीचको खेल बराबरीमा सकिएको छ । शनिबार साँझ सम्पन्न खेलमा युनाइटेड एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

म्यानचेस्टर युनाइटेडले पहिलो हाफमै अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । खेलमा अग्रता युनाइटेडले खेलको ४३ मिनेटमा लिएको थियो। उसका लागि एन्थोनी मार्सियलले गोल गरेका थिए। एभर्टनका एन्ड्रोस टाउनसेन्डले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो खेलको ५७औँ मिनेटमा एडिसन कभानीको ठाउमा सब्सटिच्यूटको रुपमा खेलेका थिए । आजको खेलसँगै रोनाल्डोले प्रिमियर लिगमा २०० खेल खेलेका छन् ।

यो बराबरीपछि अंक तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडको ७ खेलबाट १४ अंक भएको छ। त्यस्तै एभर्टनको पनि ७ खेलमा १४ अंक भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0