संकटा क्लबविरुद्धको जितसँगै आर्मी दोस्रो स्थानमा उक्लियो

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । संकटा क्लबलाई ३–१ गोलको नतिजामा पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादृुर बुढाथोकीले गोल गरे । संकटाका लागि उत्तम राईले सान्त्वना गोल गरे ।

खेलको १५औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको संकटा दोस्रो हाफमा आर्मीसामु निरिह बन्यो । आर्मीका लागि सन्तोषले खेलको ६०औं मिनेटमा बराबरी गोल फर्काए । जर्ज प्रिन्स कार्कीले ७४औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए । खेलको ८६औं मिनेटमा सब्सट्यिुट खेलाडी टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

जितसँगै आर्मी १२ खेलबाट २२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा समान खेलबाट १५ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0