नेपालको लगातार दोस्रो जित, २२ वर्षपछि श्रीलंकालाई हरायो

फुटबल

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले २२ वर्षपछि श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको छ। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो। नेपालका मिडफिल्डर सुमनले खेलमा अग्रता दिलाएका थिए । श्रीलंकाविरुद्ध नेपालको अट्याक लाइन सम्हालेका सुमनले खेलको ३१ मिनेटमा गोल गरेका हुन् । सुमनले नवयुग श्रेष्ठको पास सदूपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलको ५१ खेलमा नेपालले अग्रता दोब्बर पार्‍यो। अन्जन विष्टले नेपालका लागि दोस्रो गोल गर्न सफल भए। दोस्रो हाफमा मैदान छिरेका आयुष घलानको क्रसमा नवयुग श्रेष्ठको प्रहारलाई श्रीलंकाका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा अन्जनले गोल गर्न सफल भए।

५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो। क्लिअरेन्समा बनेको मुभमा श्रीलंकाका मार्विनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भयो। ८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याए। उनले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३-१ ले अघि बढाएका थिए ।

श्रीलंकाले इन्जुरीमा समयमा नेपालमाथि दबाव बढाएको थियो । त्यहीबेला श्रीलंकाले पेनाल्टी अवसर पायो । त्यसमा डिलोन डी सिल्भाले कुनै गल्ती नगरी गोल गरे । तर, त्यतिबेलासम्म श्रीलंकालाई खेलमा फर्किन धेरै ढिला भइसकेको थियो ।

लगातार दोस्रो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो । दुई खेलबाट नेपालले ६ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको बंगालदेश दोस्रो स्थानमा छ । हिजै सम्पन्न पहिलो खेलमा दश खेलाडीमा सिमित बनेको बंगालदेशले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आइतवार राति भारतसँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0