एमबाप्पे चम्किएपछि २-० ले पछि परेको फ्रान्सले नतिजामा गर्‍यो उलटफेर

फुटबल

काठमाडौं, असोज २२ : गएराति फ्रान्सले विश्व नम्बर एक बेल्जियमलाई ३–२ ले हराउँदै फ्रान्सले नेसन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । गएराति भएको सेमिफाईनल खेलमा २–० ले पछि परेको अवस्था उल्टाउदै फ्रान्सले ३–२ को जित निकालेको हो ।

खेलको ३७ मिनेटमा कारास्को र ४० मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जिमयले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। दुई शून्यले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । एमबाप्पेको पासमा करिम बेन्जेमाले ६२औं मिनेटमा गोल फर्काए । ६९औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा बराबरी गोल फर्काए ।

अन्तिम मिनेटमा थियो हर्नान्डेजले अर्को गोल थपेपछि विश्व विजेता फ्रान्सले नेसन्स कपको फाइनलमा स्थान बनाएको हो । फ्रान्सले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा इटालीलाई २÷१ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1