क्रिष्टियानो रोनाल्डो गोलमा पोर्चुगलको सहज जित

फुटबल

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा पोर्तुगलले कतारलाई ३-० ले पराजित गरेको हो । पोर्चुगललाई सहज जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले गोल गरे ।

खेलको ३७औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा जोश फोन्टेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगललाई ३-० को सहज जित दिलाए ।

क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ११२ पुर्याएका छन्। रोनाल्डोले गत महिना इरानका अली दाईको १०९ गोलको कीर्तिमान तोड्दै अन्तर्राष्ट्रिय फुटबलमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
3
+1
0
+1
0
+1
0