साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै, नेपालको जित पक्का ?

फुटबल

काठमाडौं । माल्दिभ्समा जारीसाफ च्याम्पियनसिपमा नेपालले आज भारतविरुद्ध खेल्दै छ । प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकालेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपाल र भारतबीचको खेल मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ।

आज साफमा भारतलाई हराए नेपाल फाइनल पुग्नेछ । यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेकाे छ । भारत भने पहिलो जितको खोजीमा छ । लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोस्ने दाउमा छ ।

तर प्रतियोगितामा खराब लयबाट गुज्रिरहेको उसका लागि उच्चलयमा रहेको नेपालविरुद्ध जित निकाल्न त्यती सहज भने हुने छैन । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पनि नेपाललाई हार्न छुट नभएको बताउँछन् । भारतले जित्ने ९५ प्रतिशत सम्भावना रहेको भएपनि नेपाल पनि हार्नका लागि नखेल्ने बताए । भारतीय टीम जति नै बलियो भएपनि नेपाल नडराई खेल्ने बताए ।

यस्तो छ २३ सदस्यीय नेपाली टिम : किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0