एम्बाप्पेको गोलमा पीएसजीको जित, मेस्सी नेयमार मैदानमै उत्रिएनन्

फुटबल

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा पीएसजीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एन्जर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा डानिलो पेरिरा र केलियन एम्बाप्पेले एक एक गोल गरे। एन्जर्सका लागि एन्गेलो फुल्गिनीले गोल गरे। खेलको ३६ औँ मिनेटमा एन्जेलो फुल्गिनीले गोल गरेपछि पीएसजीले एक गोलले पछि परेको थियो ।

पीएजसीले पहिलो हाफमा विपक्षीको पोष्टमा एक पनि प्रहार गर्न सकेन । पहिलो हाफमा १–० गोलले पछि परेको पीएसजीले दोस्रो हाफमा गोल गर्न सफल भयो । ६९औँ मिनेटमा डानिलोले पीएसजीका लागि बराबरी गोल फर्काए । ८७औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।

जितपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २७ अंक भएको छ । पराजित एन्जर्स १६ अंक जोडेर चौथो स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0