च्याम्पियन्स लिगमा आज एट्लेटिकाे मड्रिड र लिभरपुल भिड्दै, कस्ले मार्ला बाजी ?

फुटबल

एजेन्सी। च्याम्पियन्स लिग समुह चरणको खेलमा आज (मंगलबार) एट्लेटिको मड्रिड र लिभरपुल बीच खेल हुने छ । एट्लेटिकोको मैदानमा हुने खेल नेपाली समय अनुसार राती पौने एक बजे सुरु हुनेछ । उक्त सिजन सबै प्रतिस्पर्धामा गरी लिरभपुल अपराजित छ ।

अघिल्लो सिजन लिभरपुल एट्लेटिकोकै हात बाट पराजित हुदै प्रतियोगिता बाट बाहिरिएको थियो । अन्तिम १६ को दुवै लेगमा लिभरपुलले हार बेहोरेको थियो । च्याम्पियिन्स लिगको पछिल्लो चार मध्ये तीनमा एट्लेटिको विजयी भएको छ ।

यसै समुहमा रहेको पोर्टो र एसी मिलान बीच पनि आजै प्रतिस्पर्धा हुनेछ । दुवै टिम जारी सिजन पहिलो जीतको खोजीमा छन् । अघिल्लो खेलमा अन्डरडग शेरिफ टिरास्पोल संग पराजित भएको रियाललाई आज जित्नै पर्ने दवाव छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0