मेसि बिना पनि बार्सिलोनाले जित्न सुरु गर्‍यो

फुटबल

काठमाडौं : यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित निकालेको छ। समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभविरूद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै जारी सिजन बार्सिलोनाले पहिलो जित हात पारेको हो ।

घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले निर्णायक गोल गरे। ३६ औं मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भएका थिए ।

जितसँगै समूह ई को बार्सिलोनाले ३ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। बार्सिलोना यअघिका दुई खेलमा पराजित भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0