२ गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले गर्‍यो उलटफेर, रोनाल्डोले बने जितको नायक

फुटबल

काठमाडौं : खेल सकिन नौ मिनेट अगाडि क्रिस्टियानो रोनाल्डोले गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा पुनरामगन जित निकालेको छ । बुधबार राति युनाइटेडले एटलान्टालाई ३–२ गोलले हराएको हो ।

एटलान्टाले पहिलो हाफमा २-० को अग्रता लिएको थियो। उसका लागि पासालिकले १५ मिनेट र डेमिरलले २८ मिनेटमा गोल गरेका थिए। युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै ३–२ को जित दर्ता गर्यो। दोस्रो हाफको ५३ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दा खेल २–१ को स्थितिमा पुग्यो। उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए। ७५ औं मिनेटमा ह्यारी मगाएरले बराबरी गोल फर्काए। उनले ब्रुनोकै पासमा गोल गरेका थिए ।

८१ मिनेटमा क्रिस्टियानो रोनाल्डोले तेस्रो गोल गर्दा युनाइटेडले खेलमा अग्रता लिन सफल भयो। उनले लुक शाको क्रसमा गोल गरेका थिए। त्यसपछि थप गोल हुन नसक्दा युनाइटेडले जित दर्ता गर्‍यो। यो जितसँगै युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ । एटलान्टा ४ अंकसहित दोस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
Tagged