बिश्वकपमा आज भारत पाकिस्तान महा-भिडन्त ! कसले मार्ला बाजी ?

क्रिकेट टि-२० बिश्वकप

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज बहुचर्चित भारत र पाकिस्तानबीच खेल हुदै छ । भारत र पाकिस्तानबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ। भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेरसमेत हेर्ने गरिएको छ। दुबै टिमबीच आईसीसी र एसीसीका प्रतियोगिता बाहेक लामो समयदेखि कुनै सिरिज हुन सकेको छैन।

विराटले भारत तथा बाबरले पाकिस्तानको नेतृत्व सम्हाल्नेछन् । टि-२० दुई उत्कृष्ट टोलीबीचको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान लगाउन सकिन्छ । टि-२० विश्वकपको इतिहासलाई हेर्ने हो भने भारत नै बलियो देखिन्छ । यसअघिका पाँचै भेटमा भारत विजयी भएको छ ।

पाकिस्तानी टोलीको प्रमुख आकर्षणका रूपमा कप्तान बाबर आजम रहेका छन् । उनी पछिल्लो समय निकै लयमा छन् । भारतका कप्तान विराट कोहलीले आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि निकै उत्कृष्ट खेलेका थिए । तर, राष्ट्रिय टिममा पछिल्लो समय उनले स्वाभाविक खेल देखाउन सकेका छैनन् ।

भारतसँग जसप्रित बुमराह र मोहम्मद सामीजस्ता घातक बलरहरू छन् । यता, इतिहासदेखि नै बलिङमा उत्कृष्ट रहँदै आएको पाकिस्तानमा पनि घातक बलरहरूको कमी छैन । पछिल्लो समय लयमा देखिएको पाकिस्तान इतिहास भुलाउँदै टि-२० विश्वकपमा पहिलोपटक भारतलाई हराउने प्रयासमा हुनेछ ।

भारतको सम्भावित प्लेइङ–११ : रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), सूर्यकुमार यादव, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन÷राहुल चाहर, जसप्रीत बुमराह, मोहम्मद शामी र भुवनेश्वर कुमार।

पाकिस्तानको सम्भावित प्लेइङ–११ : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), फखर जमान, हैदर अली, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, शादाब खान, इमाद वसीम, हैरिस रौफ, हसन अली र शाहीन शाह अफ्रिदी।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0