सलाहको ह्याट्रिकमा घरेलु मैदानमा युनाइटेडको लज्जास्पद हार

फुटबल

काठमाडौं : मोहमम्द शालाहको ह्याट्रिक गर्दा १० खेलाडीमा सिमित म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा लज्जास्पद हार बेहोर्न बाध्य बनेको छ । आइतबार राति म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले ५–० को सानदार जित निकालेको हो।

युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक पूरा गरे । त्यस्तै नेबी केइटा र डिएगो जोटाले एक–एक गोल गरे । खेलको शुरुवातमा नै नाबी किएटाले लिभरपुलाई अग्रता दिलाए भने १३ औँ मिनेटमा डिओगो जोटाले लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर शालाहले दुई गोल थप्दै लिभरपुलको अग्रता फराकिलो बनाए । प्रिमियर लिगको इतिहासमा युनाइटेडले पहिलो हाफमा चार गोल खाएको यो पहिलो अवसर हो

खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरे। बाँकी दुवैतर्फबाट कुनै थप गोल हुन नसक्दा लिभरपुल ५–० ले विजयी भयो। खेलको ५८ औं मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गरेको गोलले मान्यता पाएन। भीएआरको सहायतामा गोल गर्नु अघि रोनाल्डो अफसाइड देखिएका थिए। यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो।

जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ९ खेलमा २१ अङ्क जोडेको छ । युनाइटेड १४ अङ्क जोडेर सातौ स्थानमा छ । युनाइटेड पछिल्लो समय प्रिमियर लिगमा कमजोर बनिरहेको छ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0